
Post
Posted Sep 30, 2026Video · 3:22by @realtorchandrakantadfwtx
We didn’t find a product being promoted in this video. Its hook, format and structure below still show why it took off.
Browse products winning on TikTokआज बुबाको श्राद्ध—पुण्यतिथि। 🙏 मलाई पूर्ण विश्वास छ, मेरा बुबाको बास स्वर्गमै भएको छ। किनकि जीवनभर उहाँले कसैको सिन्कोसम्म बिराउनुभएन, कसैको मन दुखाउनुभएन र सधैं सकेसम्म अरूको भलो नै गर्नुभयो। यस्ता बुबाको सन्तान भएर जन्मिन पाउनु नै मेरो लागि गर्व र सौभाग्यको कुरा हो। निकै सीमित स्रोत–साधन र सामान्य परिवेशबाट आएको म जस्तो मानिसले आज जीवनमा जे-जति सानो–ठूलो प्रगति गर्न सकेको छु, त्यसमा मेरो मेहनतसँगै बुबा र हजुरबुबाले जीवनभर कमाउनुभएको पुण्य र आशीर्वादको ठूलो हात छ भन्ने मेरो गहिरो विश्वास छ। बुबाको आतिथ्यमा विगतमा तयार गरिएको यो सानो भिडियो आज उहाँका शुभेच्छुक, आफन्त र प्रियजनहरूले फेरि हेर्न पाऊन् भन्ने उद्देश्यले यहाँ साझा गरेको छु। यस वर्ष बुबाको पुण्यतिथिको अवसरमा पशुपतिनाथ क्षेत्रमा उहाँको स्मृतिमा फलफूल तथा भोजन वितरण गर्ने संकल्प गरेका छौँ। उहाँको आत्माले शान्ति पाओस् र उहाँले देखाउनुभएको सत्कर्मको बाटोमा हिँड्ने शक्ति हामीलाई सधैं मिलिरहोस्। 🙏 र आजकै यस पवित्र दिनमा बुबाको अर्को एउटा ठूलो आशीर्वादको अनुभूति हुने विशेष कुरा पनि केही बेरमै साझा गर्नेछु। बुबा, तपाईं भौतिक रूपमा हामीसँग नहुनुहोला, तर तपाईंको संस्कार, पुण्य र आशीर्वाद हाम्रो जीवनमा सधैं जीवित रहनेछ। हार्दिक श्रद्धाञ्जली, बुबा। 🙏🕉️#buwa #missyousomuch @Pure soul 💓💓🌍
Outliers and viral hits: their videos on Overshot, all time.