Hook
मेरो घर यही हो। अनि रुम चाहिँ कता हो नि? यहाँबाट सिधै जाउ त। पुजा, रुम यही हो। तिमी रेस्ट गर्दै गर म वासरुम गराउँछु है। हस। ए नानी को हो तिमी? म यो घरको मालिकिन। मालिकिन? के भन्छौ तिमी? के भन्न खोजेको? म को हो भनेर मैले भनिरहनु पर्दैन। उहाँलाई नै सोध्नुहोस् न। के को हल्ला भइरहेको छ यहाँ? तँ? अब तँ भनेको केही दिनको पाहुना मात्र होस्। मलाई त अझै धेरै बाँच्नु छ। मलाई पनि त साथी चाहिन्छ नि, जीवनसाथी। उनी त्यही हो। बुझिस नि? कस्तो कुरा गर्नुहुन्छ हजुरले? भन्दिनुहोस् कि यो सबै झुट हो। यो फाइलमा लेखिएका कुराहरू पनि सबै झुटा हुन्? क्यान्सर पीडित? तलाई म सारा सम्पत्ति बेचेर अब म तेरो उपचार गर्न सक्दिन। आधा त सकिसकिस्। अब बाँकी रहेको यसको र मेरो। यसले र मैले पनि बाँच्नु परेन? फाइल त धेरै रहेछ त। भन्नुहोस् त हजुरको नाम के हो? मेरो नाम शिला पोखरेल हो। हेरौँ न त के के रोगले सताएको रहेछ। सताउने नै दिदीलाई। योगमाया कार्की? हँ? तपाईँको नाम शिला पोखरेल भनेको होइन? मेरो नाम शिला पोखरेल नै हो। अनि यो फाइलमा त योगमाया कार्कीको नाम लेखेको छ त? यो पनि योगमाया कार्की, यो पनि योगमाया कार्की, यो पनि योगमाया कार्की। सबै फाइलमा योगमाया कार्कीको नाम छ। सुन्नुहोस् त झट्टै आउनुहोस् त। पर्ख है। किन बोलायो? के भन्यो यसले? यहाँ हेर्नुहोस् त फाइलमा। फाइल त योगमाया कार्कीको नाममा छ। अँ, के भन्छ? फेरी पढ त। योगमाया कार्की, उहाँको नाम शिला पोखरेल। यसको नाम त शिला पोखरेल हो। यो त गलत फाइल आयो त। मैले दुइटा भुल गरेछु। एउटा अर्काको रिपोर्टको फाइल लिएर आएर। अर्को गल्ती। तिमी हुँदा हुँदै यो सँग बिहे गरे। मबाट गल्ती भयो माफ गर। अब म के गरौँ? तिमीले हस्पिटलमा फोन गरेर अर्को पेसेन्टको फाइल दिनुभएको छ हामीलाई भन्दियो है। मलाई माफ गरिदिनुहोस्। म तपाईँको सँगको जीवनलाई धमिल्याउन चाहन्न। सुन। कहाँ जान लागेको बहिनी? तिमीलाई पनि त मलाई जस्तै सिन्दुर हालेर ल्याएको हो। उहाँले दिदीबहिनी मिलेर बस्दा हुँदैन र? तिमी जा दिदी।
More breakout videos from this creator.