Original caption
औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र (फर्मुला मिल्क) बेचबिखन गर्न नपाउने विधेयक संसदमा दर्ता गराएको छ। स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधि सभामा दर्ता गराएको 'आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक' मा फर्मुला मिल्क प्रयोगलाई निरूत्साहन गर्ने नीति लिएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्यकर्मीले बच्चाका लागि बालसूत्र (फर्मुला मिल्क) खुवाउन वा प्रयोग गर्न सिफारिस गर्न नपाउने व्यवस्था गरेको छ। दफा ८ को उपदफा (२) अनुसार चिकित्सक वा स्वास्थ्यकर्मीले सिफारिस गर्न सक्ने ६ वटा बाध्यकारी परिस्थितिहरू निम्नानुसार छन्: १. आमाको स्वास्थ्य अवस्था गम्भीर भई बच्चालाई स्तनपान गराउन नसक्ने अवस्था भएमा, २. आमाको मृत्यु भएमा, ३. आमाको दूध पर्याप्त मात्रामा नआएमा, ४. आमालाई कुनै सङ्क्रामक रोग भई स्तनपान गराउँदा बच्चामा सङ्क्रमण फैलिने उच्च जोखिम भएमा, ५. बच्चालाई कुनै विशेष स्वास्थ्य समस्या वा मेटाबोलिक विकार भई आमाको दूधको साटो वा सोका साथमा विशेष बालसूत्र दिनुपर्ने चिकित्सीय आवश्यकता भएमा, र ६. वैदेशिक रोजगारी, अध्ययन वा अन्य बाध्यकारी कारणले आमा र बच्चा लामो समयसम्म अलग रहनुपर्ने अवस्था भई स्तनपान निरन्तर गराउन सम्भव नभएमा। #healthadvice #kidshop #parents #babynutrition #formulamilk